You are viewing the translated version of गैरबासिन्दा व्यक्तिलाई शुल्क, ब्याज र थप दस्तुर मिनाहा सम्बन्धी विशेष व्यवस्था.

Section 33
गैरबासिन्दा व्यक्तिलाई शुल्क, ब्याज र थप दस्तुर मिनाहा सम्बन्धी विशेष व्यवस्था
वार्षिक बीस लाख रूपैयाँ भन्दा बढीको विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिले स्थायी लेखा नम्बर लिई संवत्‌ २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर संवत्‌ २०८० साल असार २५ गतेसम्म दाखिल गरेमा सोमा लाग्ने शुल्क, ब्याज र थप दस्तुर मिनाहा हुनेछ। स्थायी लेखा नम्बर लिई करको दायरामा आइसकेका गैरबासिन्दा व्यक्तिको हकमा समेत यो व्यवस्था लागू हुनेछ।